Kathmandu Press

चुनावी तयारी गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, असार १९: आगामी चुनावी तयारीका विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ।एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे सचिवालय...
चुनावी तयारी गर्न एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, असार १९: आगामी चुनावी तयारीका विषयमा छलफल गर्न नेकपा (एमाले) को सचिवालय बैठक बस्दै छ।

एमाले केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे सचिवालय बैठक बोलाइएको छ। शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका अजेन्डा तय गरिसकेको छ।

सचिवालय बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र समसामयिक राजनीतिबारे छलफल हुने जनाइएको छ। यससँगै स्थानीय चुनावका क्रममा पार्टीभित्र देखिएका समस्याबारे पनि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: ०६:५४ बजे, आइतबार, असार १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्