Kathmandu Press

भरतमोहनको स्वास्थ्योपचारमा ‘चरम लापरवाही’

काठमाडौं, माघ २५ : एक महिनाभन्दा लामो समयदेखि मेडिसिटी अस्पताल, नख्खुमा उपचार गराइरहेका वयोवृद्ध नेता पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई धुम्बाराहीस....

भरतमोहनको स्वास्थ्योपचारमा ‘चरम लापरवाही’

काठमाडौं, माघ २५ : एक महिनाभन्दा लामो समयदेखि मेडिसिटी अस्पताल, नख्खुमा उपचार गराइरहेका वयोवृद्ध नेता पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल अस्पतालमा सारिएको छ । अस्पतालले उपचारमा ‘लापरवाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको निष्कर्षसहित उनलाई ह्याम्स सारिएको हो ।

अधिकारीको स्वास्थ्योपचारबारे साविकको एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापाले सामाजिक सञ्जालमा अस्पतालले चरम लापरवाही गरेको आरोप लगाएका छन् । ‘बितेको एक महिनाको अवधिलाई विचार गर्दा मेडिसिटीले उहाँको उपचारमा घोर लापरबाही र गैरजिम्मेवार रवैया प्रदर्शन गरेको अनुभूति जोकोहीलाई भएको छ’, थापाले फेसबुकमा लेखेका छन्, ‘फोक्सोमा जमेको कफसमेत ननिकाली अस्पतालमा के उपचार गरिएको होला ? कुनै सूचना वा उपचार बुलेटिन ननिकालिएकाले केही भन्न सकिएन ।’

‘८२ वर्षीय वरिष्ठ राजनीतिज्ञ र जनताका प्रिय पूर्व अर्थमन्त्रीको उपचारबारे आवधिक रूपमा जनतालाई नै जानकारी गराउनु पर्नेमा परिवारजनलाई नै गुमराहमा राख्ने अस्पतालको कस्तो जवाफदेहीपन होला ? बुझ्न गाह्रो प¥यो’, थापाको आरोप छ ।

नेकपा केन्द्रीय सदस्यसमेत रहेका थापाले आशा व्यक्त गरेका छन्, ‘डा. भगवान कोइराला, डा. मनबहादुर केसी र डा. अर्जुन कार्की लगायत देशले भरोसा गरेका र उहाँको स्वास्थ्य समस्याबारे पूर्व जानकार विशेषज्ञहरूको उपचारले उहाँ शीघ्र निको भएर घर फर्किनुहुने विश्वास छ ।’ थापार्ले 

थापाका अनुसार, सानेपाबाट नजिक हुनाले उहाँ मेडिसिटी अस्पताल भर्ना भएका थिए । केही दिनपछि डिस्चार्ज गरिए । पुनः स्वासप्रस्वास लगायत विभिन्न समस्या देखियो र मेडिसिटीमै भर्ना भए  । एक महिना उपचार गर्दा समेत २० को १९ नभएपछि उहाँलाई हिजोदेखि ह्याम्स अस्पतालमा सारिएको हो ।

थापाको प्रश्न छ, ‘खासमा यो अस्पताल कसको हो ? भरतमोहन अधिकारीको त यो हविगत बनाइन्छ भने सर्वसाधारणले यहाँ कुन हालत भोगिरहनु परेको होला ?’

प्रकाशित मिति: १६:२२ बजे, शुक्रबार, माघ २५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्