विमला वलीकाे हर्कत मर्यादा विपरित रहेकाे छानविन समितिकाे निष्कर्ष
काठमाडाैं, असार १८ : नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीकाे हर्कत मर्यादा बिपरित भएकाे...
काठमाडाैं, असार १८ : नेपाल कम्युनिष्ट पार्टीबाट दाङको क्षेत्र नं. ३ (ख) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीकाे हर्कत मर्यादा बिपरित भएकाे छानविन समितिले निष्कर्ष निकालेकाे छ।
लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री वलीले जेठ ३१ गते बिहान दाङको तुलसीपुरमा रहेको वाइसियल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती मीना र साढे तीन वर्षीया छोरीमाथि कुटपिट गरेकी थिइन्।
घटना बाहिरिएपछि लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा संञ्चार मन्त्री तिलकराम शर्मा संयोजक रहेको कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रमा घर्ती र प्रदेशका मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी सदस्यसहितकाे तीन सदस्य छानविन समिति बनेको थियो।
उक्त समितिले तयार पारेको प्रतिवेदन संयोजक शर्माले शनिबार मुख्यमन्त्री कार्यालय पुगेर मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएका हुन्।
प्रतिवेदन बुझाएपछि समितिका संयोजक मन्त्री शर्माले राज्य मन्त्री वली अनाधिकृतरूपमा अरुको घरमा जानू कमजोरी देखिएको जानकारी दिए।






