Kathmandu Press

नवलपरासीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु

दाउन्ने, कात्तिक २७ : पश्चिम नवलपरासीको दाउन्नेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ....

नवलपरासीमा ट्रक दुर्घटना, दुई जनाको मृत्यु
सांकेतिक

दाउन्ने, कात्तिक २७ : पश्चिम नवलपरासीको दाउन्नेमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

वीरगञ्जबाट भैरहवातर्फ आउँदै गरेको ना ४ ख ४५०४ नम्बरको फलामको रड बोकेको ट्रक पूर्व–पश्चिम राजमार्गको बर्दघाट–४ स्थित दाउन्नेमा बुधबार बिहान दुर्घटनामा परेको हो।  

दुर्घटनामा परी ट्रकका धनी सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र सवारी चालक सोही ठाउँ बस्ने २९ वर्षीय नरबहादुर गुरुङको मृत्यु भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। 

उनका अनुसार ट्रक सडकबाट करीब २५ मिटर तल खसेको थियो। सडकबाट तल खोल्सामा खसेको ट्रकलाई क्रेनको सहायताबाट सडकमा निकालिएको थियो ।

प्रकाशित मिति: १८:३१ बजे, बुधबार, कात्तिक २७, २०७६