महिला साफ च्याम्पियनसिप भदौ २३ देखि २५ सम्म काठमाडौंमा हुने
काठमाडाैं, असार १८ : महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी बैठकले महिला...
काठमाडाैं, असार १८ : महिला साफ च्याम्पियनसिप नेपालमा आयोजना हुने भएको छ। ढाकामा शनिबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ)को कार्यकारी बैठकले महिला साफ च्याम्पियनसिप नेपाल आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले साफ च्याम्पियसिप भदौ १३ देखि २५ सम्म काठमाडौंमा आयोजना हुने जनाएकाे छ। अखिल नेपाल फुटबल संघ (एन्फा)को प्रस्ताव अनुसार साफ काठमाडौंमा आयोजना गर्ने निर्णय भएको हो।
यसअघि नेपालले पाँचौं महिला साफ च्याम्पियनसिप विराटगरमा आयोजन गरेको थियो।
यस्तै, यु १७ साफ च्याम्पियनसिप भदौ २० देखि ३१ गतेसम्म श्रीलंकामा हुने भएको छ।
प्रकाशित मिति: १९:०८ बजे, शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











