Kathmandu Press

कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : अध्यक्ष ओली

काठमाडाैं, असार १८ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले किसानलाई मल उपलव्ध गराउन नसक्ने कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका  छन।

शनिबार ललितपुरमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा ओलीले किसानका लागि काम गर्नुपर्ने कृषिमन्त्रीले मल उपलव्ध गराउन नसकेकाले तत्काल राजीनामा दिनुपर्ने बताएका हुन।

झण्डा हल्लाउन मात्रै मन्त्री नबनाइएको भन्दै ओलीले कृषिमन्त्रीले किसानका लागि काम गर्नुपर्ने तर्क गरे। उनले समय समयमा हुने मिल्क होलिडे उचित नभएको र किसानलाई हित नगरेको भन्दै यसलाई सदाका लागि समाप्त पार्नुपर्ने जिकिर गरे। ओलीले वर्तमान सरकारले किसानमैत्री काम गर्न नसक्दा उत्पादन घटेको र अर्बाैका चामल आयात गर्नुपर्ने अवस्था आएको बताए।

त्यस्तै ओलीले कृषि प्रधान देशमा सरकारले नै कृषिका लागि केहि गर्न नसकेको आरोप लगाए।

प्रकाशित मिति: १९:०३ बजे, शनिबार, असार १८, २०७९