कृषि पेसाप्रति किसानमा निराशा बढ्दै
महोत्तरी, असार १८ : महोत्तरीको गौशाला नगरपालिकाका कृषकहरूलाई बिहान उठेदेखि साँझसम्म भ्याइनभ्याइ हुने गरेको छ। गोठमा रहेका चौपायाको हेरचाहदेखि खेतीपातीको काम अधिकांश किसानहरूको...महोत्तरी, असार १८ : महोत्तरीको गौशाला नगरपालिकाका कृषकहरूलाई बिहान उठेदेखि साँझसम्म भ्याइनभ्याइ हुने गरेको छ। गोठमा रहेका चौपायाको हेरचाहदेखि खेतीपातीको काम अधिकांश किसानहरूको दैनिकी बनिरहेको छ।
गौशालाको लक्ष्मीनियाँ जहाँ पुरानो कान्तिबजार छ। त्यहाँ हरेक मंगलबार र शनिबार बजार लाग्छ। बिहानै तरकारी बारीबाट टिपेका जिम्नी, करेला, काँक्रो, परबर, कटहरलगायत तरकारी बोकेर दिउँसो २ बजेदेखि किसानहरू बजारमा जाँदै गरेका भेटिन्छन्।
यसैमध्येका एक अगुवा किसान हुन्, विष्णुदेव महतो। फुलेका कपाल, हँसिलो अनुहार। श्रीमतीका साथ उनी पनि झिम्नी, करेला, कटहर र काँक्रो बोकेर बजार लागे। कान्तिबजार त्यस ठाउँको स्थानीय बजार पनि हो।
केही आवश्यकताका खाद्यान्न खरिद गर्न किसानहरू आफ्नो घरको थैलो बोकेर बजार लाग्थे। बजारमा प्लास्टिक थिएन। घरबाटै थैलो बोकेर जाँदा प्लाष्टिक प्रयोग घट्यो। यो फोहोर व्यवस्थापन र जलवायु परिवर्तनका लागि स्थानीय समुदायको राम्रो प्रयास हो।
आर्थिक तथा सामाजिक दृष्टिकोणले निकै पिछडिएको महतो (कोइरी) समुदायको बस्ती हो लक्ष्मीनियाँ। अधिकांश घरहरू बाँस, टायल र झिँगटीले बनेका। पहिला खर र झिगटी मात्र हुन्थ्यो, जुन गर्मी महिनाका लागि अति उत्तम शीतल घर। तर अहिले विस्थापित हुँदै रहेछन्, ढलानका घर बढ्दैछन्।
आँगनमा गाई, गोरु, भैंसी, बाख्रा लगायतका पशुचौपाया बाँधेका थिए। पौरखी किसानका घरकै सामुन्ने हरिया तरकारीहरू प्रसस्त देखिथे। झिम्नी, परबल र धिरौँला सँगै बगैंचामा लटरम्म फलेका आँप, जसले त्यो गाउँको सुन्दरता बढाएको थियो।
ओहो ! झिम्नी त एक दिनहुँ टिप्ने मिल्ने रहेछ। किसानले झिम्नीको उत्पादन त धेरै गरेका रहेछन्। स्थानीय बजारमा बिक्री गर्ने सम्भावना पनि थिएन। त्यसैले किसानहरू बिहानै तरकारी बोकेर सर्लाहीको लालबन्दी र जनकपुरसम्म पुग्दा रहेछन्। तर तरकारी भाउ भने छैन। प्रतिकिलो झिम्नी १० देखि १५ रुपैयाँमा बेच्न बाध्य छन्।
अगुवा कृषक महतोले आफ्नै खेतीपाती सुरु गरेको वर्षौं भइसक्यो। आफूले फलाएका तरकारी बजार पु¥याउँदा उचित मूल्य नपाउँदा खिन्न भएर घर फर्किए।
उनी मात्र हैन परिवार नै तरकारी खेतीमा संलग्न छन्। उनीहरूको दाल, चामल, खाद्यान्न, स्वास्थ्य, शिक्षा लगायत आवश्यक खर्चको जोहो त्यही तरकारी बेचेर गर्नुपर्छ। तर तरकारीको बजार र उचित मूल्य छैन।
प्रायः किसानहरूको एउटै गुनासो थियो। मेहनत र लगानी गरेर काम ग¥यो। पसिना बगायो तर बजारमा आफ्नै लगानी पनि उठ्न नसक्ने गरि बेच्नुपर्ने बाध्यता छ। ‘५० किलो झिम्नी र १ सय किलो परबल बेचेको आम्दानी १५ सय रुपैयाँ लिएर फर्किएको छु,’ महतोले पीडा पोखे।
उनको ६ जनाको परिवार छ। कृषि पेसामा उनलाई परिवारले पनि राम्रो साथ सहयोग गर्दै आएका छन्। विष्णुदेवका छोरा कौशल बुबाको कृषिप्रति मोह देखेर सानै उमेर देखि सघाउँदै आए।
देशका अधिकांश युवा रोजगारीको सिलसिलामा विदेश पलायन भईरहेको अवस्थामा कौशल भने आफू कृषिकर्ममै खुसी भए। त्यसैमा भविष्य देखे। १२ कक्षा पास गरेका कौशल कृषि पेसामै आफ्नो भविष्य खोज्दैछन्।
बुबाको परम्परागत कृषि पेसालाई फर्मका रूपमा दर्ता गरेर आधुनिकीकरण गर्ने कौशलको सोच छ। तरकारी खेतीसँगै भैंसी पालेर दुध उत्पादन बढाउने योजना गरेका छन्।
किसानलाई सहयोग गर्ने स्थानीय निकायमा विभिन्न योजना एवं बजेट भए पनि किसानहरूको पहुँचमा नपुग्दा भने कौशल चिन्तित देखिन्छन्।
कौशलले सरकारी सहयोगमा करोडौं लगानी गरी कृषि फर्म सञ्चालन गरेको र नाफा कमाएको समाचार सुनेका छन्। तर उनीजस्ता किसानले त्यस्तो खाले लाभ पाउन सकेका छैनन्। पहुँचका आधारमा सरकारी सहयोग उपलब्ध हुने भएकाले उनमा योजना विफल हुन्छ कि भन्ने लागेको छ।
त्यसो त कृषि कर्मका लागि तराई मधेसको माटो निकै उर्वर छ। खेतीयोग्य जमिन छ तर बेलाबेलामा बाढी, कटान, डुबानजस्ता विपद्ले दुःख दिँदा कृषकहरू मारमा परेका छन्। सरकारी राहतमा पर्न नसकेका कृृषकहरू प्रकृतिसँग पनि ठगिएको गुनासो गर्छन्।
सरकार तथा अन्य सरोकारवाला निकायबाट पटकपटक सहयोगको आश्वासन पाए पनि वास्तविक लाभ भने पाउन सकेका छैनन्। कृषकहरूकै कारण र खेतीपातीमा गरिने विभिन्न प्रकारका रासायनिक मलले गर्दा खेतीपातीलाई फस्टाउन, जीवन जोगाउने र जीविकोपार्जन धान्न पहिला माटो जोगाउनुपर्ने कृषक विष्णुदेवको भनाइ छ।
लक्ष्मीनियाँमा आत्मनिर्भर केन्द्रले पहिला पनि तरकारी खेती तालिम र सिँचाइ उपलब्धपछि किसानहरूमा तरकारी खेतीप्रति उत्थाह थपिएको कृषकहरूले आफ्नो अनुभूति सुनाए।
अहिले पनि जलवायु उत्थानशील भूमि–कृषिको कुरा गर्दा उनीहरूमा थप आशा पलाएको छ। ‘वल्र्ड जिविस लिरिफल’, आत्मनिर्भर केन्द्रको सहकार्य र गौशाला नगरपालिकासँगको समन्वयमा सञ्चालन गर्दै आएको यस कार्यक्रमले विपद् र जलवायुसम्बन्धी कार्यले पनि किसानहरू थोरै भए पनि खुसी देखिन्छन्।