शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल : रमेश लेखक
काठमाडाै., असार १८ : नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन्।रिपोर्टर्स क्लब...
काठमाडाै., असार १८ : नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टी सभापति शेरबहादुर देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको दाबी गरेका छन्।
रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता लेखकले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवा पार्टी र सरकार दुवै मोर्चामा सफल भएको कुरा कामबाट नै प्रमाणित भएको बताएका हुन्।
उनले जुन उद्देश्यले सरकार गठन भएको हो अहिले सोहीअनुरुप काम भैरहेको उल्लेख गर्नुभयो। लेखकले वर्तमान गठबन्धनको मुख्य जिम्मेवारी भनेको संविधान रक्षा गर्नु रहेको स्मरण गर्दै अहिले सोहीअनुसार काम भैरहेको दाबी गरे।
लेखकले पार्टीको महाधिवेशन भएको ६ महिना बितिसक्दापनि विधान बनाउने, पदाधिकारी नियुक्त गर्ने र कार्यसमितिलाई पूर्णता दिने काम बाँकी रहेकोले अब छिट्टै ती काम पनि सम्पन्न गरिने दाबी गरे।
सभापति देउवाले काम गर्न सक्नुभएन भन्ने कुरामा कुनै सत्यता नभएको उनको भनाइ छ। उनले आगामी निर्वाचनमा कांग्रेस एकताबद्ध भएर जाने धारणा राख्नुभयो।











