थप ४४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं, असार १८ : नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार २ सय १ पिसिआर परिक्षणका क्रममा ३३...
काठमाडाैं, असार १८ : नेपालमा थप ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको १ हजार २ सय १ पिसिआर परिक्षणका क्रममा ३३ जना र १ हजार २ सय ६६ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १६ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ९६ जना निको भएका छन्।
हाल नेपालमा ३ सय १४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:४३ बजे, शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











