Kathmandu Press

यो वर्ष ३० हजार मेट्रिक टन धान खरिद गरिने

काठमाडाैं, कात्तिक २७ :  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष ३० हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। 

कम्पनीका प्रम....

यो वर्ष ३० हजार मेट्रिक टन धान खरिद गरिने
फाइल

काठमाडाैं, कात्तिक २७ :  खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्ष ३० हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रीमणिराज खनालले सरकारले धानको मूल्य तोकेसँगै प्रारम्भिक चरणमा ३० हजार मेट्रिक टन धान खरिद गर्ने जानकारी दिए। गत वर्ष कम्पनीले ३५ हजार मेट्रिक धान खरिद गरेको थियो। 

“प्रारम्भिक चरणमा हामीले ३० हजार मेट्रिक टन धान खरीद गर्ने निर्णय गरेका छौँ”, उनले भने,‘उक्त धान खरीद गरेपछि मागका आधारमा दोस्रो चरणमा कति धान खरिद गर्ने भनेर निर्णय गर्दछौँ।”

धान खरिद गर्नका लागि कम्पनीले महेन्द्रनगर, धनगढी, टीकापुर, राजापुर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुर, लहान, विराटनगर र विर्तामोडमा खरीद केन्द्र पनि सञ्चालन गरिसकेको उनले जानकारी दिए।  कम्पनीले खरिद गरेको धान कुटाई चामललाई विपद् व्यवस्थापनका लागि स्टकमा राख्ने, मूल्यस्थिरीकिरणका लागि विभिन्न बिक्री केन्द्रबाट बिक्री गर्ने र दुर्गम ठाउँमा पठाउने छ। 

यस वर्ष सरकारको मन्त्रिपरिषद् बैठकबाट मध्यम धानको मूल्य दुई हजार ६७३ र मोटा धानको मूल्य दुई हजार ५८० तोकेको छ। मसिनो धानको मूल्य भने खरिद केन्द्र रहेका जिल्लाका प्रजिअले आपसी सहमतिमा तोक्ने सक्ने प्रमुख कार्यकारी अधिकृत खनालले जानकारी दिए। रासस

प्रकाशित मिति: १८:२६ बजे, बुधबार, कात्तिक २७, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्