Kathmandu Press

खोटाङकाे हौंचुरमा पहिराले एक घर बगायो, ११ घर उच्च जोखिममा

खोटाङ, असार १८ : रावाबेंसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा  पहिरो झर्दा एक घर बगाउनाका साथै  ११ घर उच्च जोखिममा परेका छन्।केही दिनदेखि लगातार परिरहेको...
खोटाङकाे हौंचुरमा पहिराले एक घर बगायो, ११ घर उच्च जोखिममा

खोटाङ, असार १८ : रावाबेंसी गाउँपालिका–६ हौँचुरस्थित डाँँडागाउँमा  पहिरो झर्दा एक घर बगाउनाका साथै  ११ घर उच्च जोखिममा परेका छन्।

केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण गएरातिदेखि खस्न सुरु भएको पहिराले स्थानीयवासी बलराम खत्रीको घर बगाएको हो । उहाँको घरमा कोही पनि मानिस नरहेका कारण मानवीय क्षति भने हुन पाएन।

रातिदेखि निरन्तर झरिरहेको करिब ५०० मिटर लामो पहिराले भैरवबहादुर राईको एउटा गोरु र भैँसीको पाडा पुरिएको स्थानीयवासीले बताए। 

कालो माटो रहेको उक्त क्षेत्रमा अझै निरन्तर झरिरहेको पहिराले ११ घर उच्च जोखिममा पारेको वडाध्यक्ष चिरञ्जीवी कार्कीले जानकारी दिए। 'पहिरो अझै रोकिएको छैन, हामी पहिरो नजिकै छौँ, यो गाउँका सबै घर उच्च जोखिममा छन्,' उनले भने, 'जोखिममा परेकालाई अन्यन्त्र सार्ने तयारी भइरहेको छ।'

पहिराले गर्दा स्थानीय भैरवबहादुर, हरि राई, पर्शुराम राई, चित्रबहादुर खत्री, शुक्रराज राई, उद्योगबहादुर भुजेल, धनबहादुर राई, पथरबहादुर राई, वर्णबहादुर राई, केसन राई र प्रदीप राई पीडित भएका छन् । चित्रबहादुर र शुक्रराजको घरभन्दा मुनिबाट सुरु भएको पहिराले लाखौँको अन्नबालीसमेत क्षति गरेको वडाध्यक्ष कार्कीले बताउनुभयो । 

यसैबीच वर्षासँगै परेको चट्याङले बराहपोखरी गाउँपालिका–४ फाक्टाङस्थित कोठालेका रामबहादुर राउतकी श्रीमती ४६ वर्षीया चन्द्रमाया राउतको मृत्यु भएको छ । गएराति घरैमा सुतिरहेको अवस्थामा गोठमा परेको चट्याङको झड्काले लाग्दा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक राउतको शव परीक्षण गर्न चिसापानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो । घर नजिकैको गोठमा परेको चट्याङले मृतक आमासँगै सुतेकी १६ वर्षीया छोरी यशोदा भने सामान्य घाइते भएकी उहाँको भनाइ थियो । 
–––

प्रकाशित मिति: १५:४२ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्