Kathmandu Press

राप्रपा नेपालप्रति आम नागरिकको आकर्षण बढ्दाे : अध्यक्ष थापा

काठमाडाैं, असार १८ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमा नै आफ्नो पार्टीको पक्षमा आकर्षण बढेर गएको दाबी गरेका छन्।शनिबार काठमाडौंमा आयोजित...
राप्रपा नेपालप्रति आम नागरिकको आकर्षण बढ्दाे : अध्यक्ष थापा

काठमाडाैं, असार १८ : राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमा नै आफ्नो पार्टीको पक्षमा आकर्षण बढेर गएको दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा थापाले मुलुकको कान्छो पार्टी भए पनि राप्रपा नेपालप्रति आम नागरिकको आकर्षण बढ्दै गएको दाबी गरेका हुन्।

थापाले बुद्धिजिबी र नागरिक समाजमा पनि पार्टीप्रति उत्सुकता र चासो देखिएको भन्दै यसले राप्रपा नेपालको उज्वल भविष्यको संकेत गर्ने तर्क गरे।

राप्रपा नेपाललाई राष्ट्रवादी पार्टी बनाउन लागेको र सनातन हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ छ।

कार्यक्रममा नेकपा मालेका पोलिटब्युरो सदस्य कुमार श्रेष्ठ नेतृत्वको टोलीलाई अध्यक्ष थापाले राप्रपा नेपालमा समायोजन गराएका थिए।

प्रकाशित मिति: १५:३३ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्