Kathmandu Press

 स्वतन्त्र उम्मेदवारी अभियानले गठबन्धन बनाएर मिसन–१६५ सञ्चालन गर्ने, प्रस्तावित १३ मापदण्डमा केके छन्?

शनिबार ललितपुरको सानेपामा आयोजित आयोजित स्वतन्त्र उम्मेदवारहरुको प्रथम राष्ट्रिय विशेष भेला–२०७९ मा आइसिसीले ‘राजनीतिमा शुद्धीकरण : मिसन–१६५’ को अवधारणा–पत्र सार्वजनिक गरिएको छ।
 स्वतन्त्र उम्मेदवारी अभियानले गठबन्धन बनाएर मिसन–१६५ सञ्चालन गर्ने, प्रस्तावित १३ मापदण्डमा केके छन्?

काठमाडौं, असार १८ : स्वतन्त्र उम्मेदवारी अभियानले राजनीतिमा शुद्धीकरणका लागि मिसन–१६५ अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको एउटा गठबन्धन (एलाइन्स) बनाउने प्रस्ताव गरेको छ।

शनिबार ललितपुरको सानेपामा आयोजित आयोजित स्वतन्त्र उम्मेदवारहरुको प्रथम राष्ट्रिय विशेष भेला–२०७९ मा आइसिसीले ‘राजनीतिमा शुद्धीकरण : मिसन–१६५’ को अवधारणा–पत्र सार्वजनिक गरिएको छ।

अभियानका संयोजक डम्बर साहुले अवधारणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षका लागि खुला तर संगठित दबाब समूहका रुपमा एलाइन्स (गठबन्धन) मार्फत स्वतन्त्र अभियानलाई अघि बढाउने प्रस्ताव अघि सारेका छन्।

उनले गठबन्धनका माधयमले प्रतिनिधिसभाका १६५ निर्वाचन क्षेत्रलाई लक्षित गरी मिसन १६५ सञ्चालन गर्ने पनि प्रस्ताव गरेका छन्। ‘अहिलेको हकमा सबैले स्वतन्त्र अभियान चलाउन पाउने गरी विषयगत समानता र एकरुपता कायम गर्न स्वतन्त्र उम्मेदवारहरुको एउटा एलाइन्स बनाउने बारेमा ठोस निर्णय गरौं र सर्वस्वीकार्य व्यक्तिको संयोजकत्वमा यस्तो एलाइन्स घोषणा गरौं, यो एलाइन्समार्फत मिसन १६५ सचालन गरौं,’ अवधारणापत्रमा उल्लेख छ।

देशैभरिका  १६५ संघीय निर्वाचन क्षेत्र र ३३० प्रदेश निर्वाचन क्षेत्रमा उठ्ने स्वतन्त्र उम्मेदवारहरुलाई समन्वय र सहजीकरण गर्ने तथा उनीहरुको भूमिका हेरेर केन्द्रीय गठबन्धनमार्फत सघाउने नीतिलाई आत्मसात् गर्नुपर्ने भन्दै अवधारणापत्रमा कस्ता स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने ठोस मापदण्ड हुनुपर्नेमा जोड दिएको छ।

स्वतन्त्र उम्मेदवार बन्नेजति सबैलाई आँखा चिम्लिएर सहयोग गर्न सकिन्न। तसर्थ भेलाले आगामी चुनावमा कस्ता स्वतन्त्र उम्मेदवारलाई सहयोग गर्ने भन्ने ठोस मापदण्ड बनाउनुपर्छ,’ संयोजक साहुले अवधारणापत्रमा भनेका छन्।

स्वतन्त्र उम्मेदवारी समूहले उम्मेदवारको १३ वटा मापदण्ड पनि बनाएको छ।

ती यसप्रकार छन्ः

१. हामीले मत दिने उम्मेदवार विरासत, पैसा, इतिहासको ब्याज र सम्प्रदायका आधारमा होइन, व्यक्तिगत क्षमता, योग्यता, कार्ययोजना र नैतिकवान्चरित्रका आधारमा तय हुनेछ।

२. राज्यले नै६८ वर्षको व्यक्तिलाई वृद्धभत्ता तोकिसकेको हुनाले हामीले मतदान गर्ने उम्मेदवार अधिकतम ६८ वर्ष नकटेकोहुनेछ।

३. सांसद वा मन्त्रीले देश–विदेशमा विभिन्न छलफल र निर्णयमा सहभागिता जनाउनुपर्ने भएकालेसांसदका उम्मेदवारको न्यूनतम योग्यता स्नातक तह उत्तीर्ण हुनुपर्नेछ।

४. प्रत्यक्ष निर्वाचनमा लड्ने व्यक्तिले चुनाव लड्ने घोषणा गरेकै दिन आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्नेछ।

५. सांसदकोउम्मेदवार बन्न चाहने व्यक्तिको चरित्र स्वच्छ हुनुपर्छ। उसमाथि कुनै पनि चारित्रिक दाग लागेको हुनुहुँदैन। उम्मेदवारी घोषणा गरेकै दिन पुलिस रिपोर्ट सार्वजनिक गरिएको हुनुपर्दछ।

६. उम्मेदवार बन्नेव्यक्तिलेजितेर गर्ने कामका बारेमा आफ्नो स्पष्ट कार्ययोजना र भिजन सार्वजनिक गर्नुपर्छ।

७. प्रदेश वा संघको मन्त्री दाबी गर्ने व्यक्तिलेसम्बन्धित मन्त्रालयको विषयमा विज्ञता राखेको हुनुपर्दछ।

८. उम्मेद्वार बन्ने व्यक्ति राज्यको नीति निर्माण गर्ने थलोमा स्वार्थ बाझिनेखालको हुनुहुँदैन। जस्तै– निजी व्यवसायी, व्यापारी एवं ठेकेदारहरु नैसांसद, मन्त्री वा संसदीय समितिका सभापति बन्नेपरिपाटीको अन्त्य गरिनुपर्दछ।

९. विदेशमा ग्रिनकार्ड वा पीआर लिएका व्यक्तिलाई स्वतन्त्र उम्मेदवारका रुपमा मतदान गर्न वा स्वतन्त्र उम्मेदवार मान्न सकिनेछैन।

१०. तीनपटकभन्दा बढी मन्त्री भइसकेकाहरुलाई मतदान गरिने छैन।

११. उम्मेदवार बन्ने व्यक्तिले परिवारको जीविकोपार्जनको बैधानिक स्रोत सार्वजनिकरुपमा खुलाउनुपर्नेछ।

१२. भ्रष्टाचारको अभियोग लागेका व्यक्ति उम्मेदवार बन्न पाउनेछैनन्।

१३.सांसद वा मन्त्री बनेर बनेर घुस खान्नँ, कुनै अनियमितता गर्दिनँ, जनताको पक्षमा काम गर्नेछु, त्यसो नगरे राजीनामा दिएर फिर्ता हुन तयार छु भन्ने प्रतिबद्धता जनाउनुपर्नेछ। संवैधानिक आयोग एवं राजदूतलगायत अन्य राजनीतिक
नियुक्तिहरुमा हुने दलीय भागवण्डाको संसदमा खुलेर विरोध गर्ने प्रतिवद्धता जनाउनुपर्नेछ।

समानुपातिककाे विषय जटिल

अभियानले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन पद्धतितर्फ कसलाई मत माग्ने भन्ने विषय चुनौती बनेको बताएको छ।

अवधारणापत्रमा प्रत्यक्षतर्फको निर्वाचनमा स्वतन्त्र उम्मेदवारलाई मत माग्दा समानुपातिक निर्वाचन प्रणालीमा कसलाई मत माग्ने भन्ने विषय छिटो टुंग्याउनुपर्ने अवस्था आएको उल्लेख छ। त्यसका लागि दल खोल्ने वा कुनै अरु नै दललाई मत माग्ने भन्ने द्विविधा रहेको अवधारणापत्रमा जनाइएको छ।

‘प्रत्यक्षमा स्वतन्त्रलाई मतदान गरेर समानुपातिकमा कुनै दललाई भोट हाल्ने वा समानुपातिकका लागि नयाँ दल वा मोर्चा खोलेर निर्वाचन आयोगमा दर्ता गराउने। यी दुई विपरीत प्रश्नहरुको उचित समाधान आवश्यक छ,’ सहुले अवधारणापत्रमा भनेका छन्।

स्वतन्त्र उम्मेदवारी अभियानले कुनै पार्टीको सदस्य नरहेको, निर्वाचन आयोगले निर्वचनको मिति घोषणा गरेको दिनभन्दा अगावै पार्टी परित्याग गरेकोा व्यक्तिलाई स्वतन्त्र मान्न सकिने उल्लेख गरेको छ। तर राजनीतिक दलबाट असन्तुष्ट भई बागी उम्मेदवारी दिएको व्यक्ति स्वतन्त्रको परिभाषाभित्र नपर्ने स्पष्ट पारेको छ।

प्रकाशित मिति: १४:२४ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्