Kathmandu Press

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्ने 

काठमाडौं, असार १८ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि (असार १९ गते आइतबार) बस्ने भएको छ।आइतबार बिहान ११ बजे प्रज्ञा भवनमा...
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि बस्ने 

काठमाडौं, असार १८ : नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक भोलि (असार १९ गते आइतबार) बस्ने भएको छ।

आइतबार बिहान ११ बजे प्रज्ञा भवनमा बैठक बस्न लागेको माओवादी केन्द्रले जानकारी दिएको छ।

बैठकमा चुनावी समीक्षा, पदाधिकारी चयन, आगामी प्रदेश तथा प्रतिनिधिसभा चुनावको तयारी लगायतसमसामयिक राजनीतिक विषयमा छलफल हुने माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ।

महाधिवेशन भएको ६ महिना भइसक्दा पनि माओवादी केन्द्रमा अध्यक्षबाहेक अन्य पदाधिकारी चयन हुन सकेको छैन। खासमा महासचिव पदका लागि नेताद्वय वर्षमान पुन र जनार्दन शर्मामध्ये एकजनालाई अघि बढाउने तयारी भए पनि कुरा नमिल्दा पदाधिकारी चयन हुन नसकेको जनाइएको छ।  
 

प्रकाशित मिति: १३:४३ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्