नेकपा एस वाग्मती प्रदेश संसदीय दलको बैठक बस्दै, अध्यक्ष नेपाल पनि सहभागी हुने
काठमाडाैं, असार १८ : नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठक आज (शनिबार) केहीबेरमा बस्दैछ। सो बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपाल...
काठमाडाैं, असार १८ : नेकपा एकीकृत समाजवादीको वाग्मती प्रदेश संसदीय दलको बैठक आज (शनिबार) केहीबेरमा बस्दैछ। सो बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपाल पनि सहभागी हुने जनाइएको छ।
निजगढ विमानस्थलको भ्रमणमा रहेका अध्यक्ष नेपाल आएलगत्तै बैठक सुरु हुने एकीकृत समाजवादीका एक संसदले जानकारी दिए। बिहान ११ बजेका लागि बैठक बोलाइएको भए पनि अध्यक्ष नेपाल आइपुग्न ढिला हुने भएपछि केहीबेर ढिलाइ हुने उनले बताए।
वाग्मती प्रदेश सरकार परिवर्तनको चर्चा व्यापक भइरहेको बेला अध्यक्ष नेपालसहित बस्ने यो बैठकलाई महत्वका साथ हेरिएको छ।
कांग्रेस र एकीकृत समाजवादीका संसदीय दलका नेताले आधाआधा कार्यकाल मुख्यमन्त्री बन्ने लिखित सहमति भए पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेले पद नछाडेपछि माओवादी र कांग्रेसका सांसदहरुले उनलाई दबाब दिन हस्ताक्षर संकलन गरिसकेका छन्।
मुख्यमन्त्री पाण्डेले भने केन्द्रको निर्णय जे हुन्छ आफू त्यही गर्ने बताउँदै आएका छन्। उनले छाडेपछि मुख्यमन्त्री बन्ने तयारीमा रहेका वाग्मती प्रदेश कांग्रेस संसदीइ दलका नेता एवं कांग्रेस वाग्मती प्रदेश सभापति इन्द्र बानियाँले प्रदेश सरकार परिवर्तनले केन्द्रीय गठबन्धनलाई कुनै असर नपर्ने बताएका छन्।











