फेरि सुस्त हुन थाल्यो शेयर बजार
काठमाडौं, कात्तिक २७ : नेप्से परिसूचक ४ दशमलव ८० ले घटेर ११३५ दशमलव १६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ४२ प्रतिशतकोे गिरावट द....
काठमाडौं, कात्तिक २७ : नेप्से परिसूचक ४ दशमलव ८० ले घटेर ११३५ दशमलव १६ को विन्दुमा पुगेको छ। दोस्रो बजार परिसूचकमा ० दशमलव ४२ प्रतिशतकोे गिरावट देखिएको छ।
११४० दशमलव ६५ को विन्दुमा खुलेको दोस्रो बजार ११४० दशमलव ६५ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११३३ दशमलव ५० रहँदा बुधबार दिनभरमा २७ करोड ५४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ। बजार खुलेदेखि नै विक्रीमा चाप आएको थियो।
केही दिनअघि निकै आकर्षक रहेको कारेबार रकम भने फेरि सुस्त हुन थालेको छ।
आजको बजारको अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको ३ करोड १२ लाख बराबरको शेयर किनबेच भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज साल्ट ट्रेडिङ्ग कर्पोरेशनका शेयरधनीले सर्वाधिक ७ दशमलव ९२ प्रतिशतले कमाए भने नेपाल इन्स्योरेन्सका शेयरधनीले सर्वाधिक ५ दशमलव ५१ प्रतिशतले गुमाए।
लाभांश गतिविधि
कामना सेवाले ६ दशमलव ८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले १० दशमलव ५ प्रतिशत बोनस सेयर र ८.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
छोटो समयावधिको प्राविधिक विश्लेषण
चित्र नं १ : दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार नेप्सेको प्रवृत्तिले ११५२ को प्रतिरोधलाई हालसम्म तोड्न असफल रहेको देखिन्छ। आजको मैनबत्तीले वियरिस आकृति बनाएको छ, यसले बजारमा आज पनि विक्रेता हाबी रहेको संकेत गर्दछ। आजको परिमाण भने प्रभावकारी देखिँदैन। घट्दो प्रवृत्तिमा कारोबार कम हुनु सकारात्मक मानिन्छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं.२, विगत दुई कारोबार दिनदेखि बजारको उतारचढाव कस्तो रह्यो भनि हेर्नलाई पाँच मिनेट समयावधिको मैनबत्तीलाई प्रयोग गरिएको छ। हिजो घट्दो प्रवृत्तिमा रहेको बजारले आज पनि निरन्तरता दिएको छ।
२१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु कारोबारको अन्तिम समयमा नजिकिँदलैै गएकाले बजारमा क्रेताको चाप हुन थालेको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ५५ दशमलव ३० अंकमा रहेको छ। आरएसआई र स्टोकास्टिक अक्सिलेटरको प्रवृत्ति सकारात्मक रहेको देखिन्छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको बजार प्रवृत्ति र सूचकहरुलाई समग्रमा हेर्दा बजार घट्दो प्रवृत्तिमा रहेको छ। हाल ११३० को टेवा क्षेत्रमा रहेको देखिएकाले यदि बजार ११५२ भन्दा माथि स्थिर रहेमा मात्र बजार केही सकारात्मक हुन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन प्रतिरोध ११८० को क्षेत्रमा रहेको देखिन्छ।
त्यस्तै, यदि बजार ११३० भन्दा तल स्थिर रहेमा बजार केही सच्चिन सक्ने संकेत गर्दछ र अर्को तत्कालीन टेवा ११२० मा रहेको देखिन्छ।