प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेता निजगढमा
काठमडाैं, असार १८ : प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू बराको निजगढ पुगेका छन्। बरामा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनका लागि प्रधानमन्त्री...
काठमडाैं, असार १८ : प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू बराको निजगढ पुगेका छन्। बरामा निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकनका लागि प्रधानमन्त्री देउवासहितको शीर्ष नेताको टोली निजगढ पुगेको हो।
स्थलगत निरीक्षणमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदलगायतका नेता छन्।
शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर शनिबार नै काटठमाडौं फर्किने छ ।
निजगढ विमानस्थलको निर्माणकार्य अहिले रोकिएको छ। सर्वोच्च अदालतको विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको टोली बनाएर अरु विकल्पमाथि अध्ययन गर्न भनेको छ ।
सर्वोच्चको फैसलाको विरोध गर्दैै निजगढ विमानस्थल निर्माण कार्य थाल्न स्थानीयसहित विभिन्न सरोकारवालाहरुले आन्दोलन गर्दै आएका छन्। यता, सर्वोच्चले निर्माणमा रोक लगाएपनि सरकारले विमानस्थल निर्माणका लागि बजट विनियोजन भने गरेको छ।











