Kathmandu Press

सलाहले गरे लिभरपुलसँग नयाँ सम्झौता, तलब प्रतिसाता ४ लाख युरो

काठमाडाैं, असार १८ : इजिप्टका स्टार स्ट्राइकर मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। सम्झौता अवधि १ वर्ष बाँकी छँदै उनले...
सलाहले गरे लिभरपुलसँग नयाँ सम्झौता, तलब प्रतिसाता ४ लाख युरो

काठमाडाैं, असार १८ : इजिप्टका स्टार स्ट्राइकर मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। सम्झौता अवधि १ वर्ष बाँकी छँदै उनले ३ वर्षको लागि सम्झौता नवीकरण गरेका हुन्।

योसँगै ३० वर्षीय स्टार स्ट्राइकर सलाह सन् २०२५ सम्म एन्डफिल्डमै रहने छन्। क्लब छाड्ने चर्चाबीच सलाहले प्रतिसाता ४ लाख पाउण्ड पाउने गरी लिभरपुलसँगको सम्झौता नवीकरण गरेका हुन्।

योसँगै सलाह इंग्लिस प्रिमियर लिगमा सर्वाधिक तलब पाउने खेलाडीको सूचीमा दोस्रो नम्बरमा आएका छन्। उनीभन्दा अघि म्यान्चेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो छन्। उनले प्रतिसाता ४ लाख ८५ हजार तबल लिन्छन्।

सलाह सन् २०१७मा इटालियन क्लब रोमबाट लिभरपुल आएका थिए । त्यसयता उनले २ सय ५४ खेल १५६ गोल गरेका छन्।

लिभरपुलबाट सलाहले च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप, फिफा क्लब विश्वकप र यूईएफए सुपर कप उपाधि जितेका छन्।

प्रकाशित मिति: १०:५० बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्