Kathmandu Press

अभ्यास खेलमा नेपालको जित

काठमाडाैं, असार १८ : स्कटल्यान्डमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अभ्यासले खेलमा जित निकालेको...
अभ्यास खेलमा नेपालको जित
फाइल तस्बिर ।

काठमाडाैं, असार १८ : स्कटल्यान्डमा हुने विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको तयारीका लागि क्यानडा भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले अभ्यासले खेलमा जित निकालेको छ । क्यानडामा शुक्रबार राति भएको खेलमा नेपालले ओन्टारियो क्रिकेट क्लबमाथि ६९ रनको जित निकालेको हो।

पहिला ब्याटिङ गर्दै नेपालले दिएको २२१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ओभरमा १५१ रनमै अलआउट भयो । उसका रियाज खान पठानले सर्वाधिक ३६ रन बनाउँदा कप्तान नरेश बुढाऐरले २९ र निकोलस मनोहरले २५ रन बनाए।

नेपालका पवन सरार्फले ३ तथा दीपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले समान २ विकेट लिए ।

पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा २२० रन बनाएको थियो। नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ५७ रन बनाउँदा आसिफ शेखले ४२, देव खनालले २७ र बासिर अहमदले २४ रनको योगदान दिए। ओन्टारियोको शील पटेलले ३ विकेट लिए।  

क्यानडा भ्रमणमा रहेको नेपालले क्यानडासँग २ खेलको एकदिवसीय सिरिज पनि खेल्ने छ। सिरिज जुलाई ४ र ५ मा हुनेछ।

 

प्रकाशित मिति: १०:४० बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्