पाँचथरको फालेलुङमा पहिरोले घर बगायो, तीन वेपत्ता
काठमाडौं, असार १८ : पाँचथरमा अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन्। पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर ...
काठमाडौं, असार १८ : पाँचथरमा अविरल वर्षासँगै आएको पहिरोले घर बगाउँदा तीन जना वेपत्ता भएका छन्। पहिरोले फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर बगाउँदा तीन जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा ४२ वर्षीय रुपलालसहित उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। पहिरोमा रुपलालका काका ७१ वर्षीय दलप्रसाद मगर भने उछिट्टिएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ।
शुक्रबार राति पहिरो झरेर रुपलालको घर तथा गोठ बगाएको थियो। उद्धारका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलतर्फ पुगेको छ । तर, बिहानसम्म बेपत्ताहरु अझै फेला परेको छैनन्।
प्रकाशित मिति: १०:२९ बजे, शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











