जसपा केन्द्रीय समिति बैठक वीरगञ्जमा बस्ने
काठमाडाैं असार १८ : सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। जसपाले केन्द्रीय कार्यसमिति बैठक असार २७ र २८...
काठमाडाैं असार १८ : सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। जसपाले केन्द्रीय कार्यसमिति बैठक असार २७ र २८ गतेका लागि वीरगञ्जमा बोलाएको हो।
पार्टीमा विवाद भएपछि संघीय परिषद् अध्यक्षसमेत डा.बमुराम भट्टराई सहमतिमै पार्टी छाड्ने निष्कर्षमा पुगेपछि जसपाले केन्द्रिय कार्यसमिति बैठक बोलाएको हो। बैठक मुख्यरुपमा त्यही विषयमा केन्द्रित हुने बताइएको छ।
यस्तै, बैठकमा पार्टीको पछिल्लो अवस्था, संगठन सुदृढीकरण र आगामी प्रदेश र संघीय निर्वाचनको पूर्वतयारीका लागि रणनीति तयारीका विषयमा पनि छलफल हुने बताइएको छ।
प्रकाशित मिति: १०:२१ बजे, शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











