Kathmandu Press

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले निर्माणाधिन निजगढ विमानस्थलको अवलोकन गर्ने

काठमाडाैं, असार १८ : प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने भएका छन्।प्रधानमन्त्री देउवासहितको शीर्ष नेताको टोली...
प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताले निर्माणाधिन निजगढ विमानस्थलको अवलोकन गर्ने

काठमाडाैं, असार १८ : प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवासहितको शीर्ष नेताको टोली शनिबार बिहान १० बजे निर्माणाधीन निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत निरीक्षणका त्यसतर्फ जाने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए ।

स्थलगत निरीक्षणमा प्रधानमन्त्री देउवासहित नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदलगायतका शीर्ष नेता जाने छन्।

निजगढ विमानस्थलको निर्माणकार्य अहिले रोकिएको छ। वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसलापछि विमानस्थलको निर्माण कार्य रोकिएको हो।

सर्वोच्चको फैसलाको विरोध गर्दैै निजगढ विमानस्थल निर्माण कार्य थाल्न स्थानीयसहित विभिन्न सरोकारवालाहरुले आन्दोलन गर्दै आएका छन्। यता, सर्वोच्चले निर्माणमा रोक लगाएपनि सरकारले विमानस्थल निर्माणका लागि बजट विनियोजन भने गरेको छ।

प्रकाशित मिति: १०:०५ बजे, शनिबार, असार १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्