आगामी तीन दिन मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौं, असार १८: आगामी तीन दिन देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको मौसम पूर्वानुमान...
काठमाडौं, असार १८: आगामी तीन दिन देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। अहिले देशभर आंशिकदेखि सामान्य बदली रहि प्रदेश १, वागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। तराई क्षेत्रका केहि स्थानमा हल्का वर्षाको सम्भावना छ।
त्यस्तै आज राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा आंशिक बदलीदेखि मौसम समान्यता सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्कादेखि मध्यम र अन्य भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आइतबार दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेको छ।
आइतबार राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
सोमबार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रहनेछ। देशका केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।
सोमबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ।











