Kathmandu Press

ब्राजिलियन रिचार्लिसन टोटनहममा, पोर्चुगिज भिटिन्हा पिएसजीमा

काठमाडाैं, असार १७ : ब्राजिलियन स्ट्राइकर रिचार्लिसन टोटनहममा आबद्ध भएका छन्। टोटनहमले रिचार्लिसनलाई अर्को इंग्लिस क्लब एभर्टनबाट अनुबन्ध गरेको हो।२५ वर्षीय रिचार्लिसनका लागि...
ब्राजिलियन रिचार्लिसन टोटनहममा, पोर्चुगिज भिटिन्हा पिएसजीमा

काठमाडाैं, असार १७ : ब्राजिलियन स्ट्राइकर रिचार्लिसन टोटनहममा आबद्ध भएका छन्। टोटनहमले रिचार्लिसनलाई अर्को इंग्लिस क्लब एभर्टनबाट अनुबन्ध गरेको हो।

२५ वर्षीय रिचार्लिसनका लागि टोटनहमले ६० मिलियन पाउण्डमा खर्चियो। टोटनहमसाग सँग ५ वर्षको सम्झौता गरेका उनी २०२७सम्म टोटनहममा रहने छन्।

पछिल्लो केही वर्षयता उत्कृष्ट फर्मममा रहेका रिचार्लिसन सन् २०१८ मा वाट्फोर्डबाट एभर्टन आएका थिए। त्यसयता उनले १५२ खेल खेल्दै ५३ गोल गरेका छन्।

यस्तै, पोर्चुगिज मिडफिल्डर भिटिन्हा फ्रेन्च जाइन्ट पिएसजीमा आबद्ध भएका छन्। उनी ३४ मिलियन पाउण्डमा पोर्चुगिज क्लब एफसी पोर्तोबाट पिएसजी आएका हुन्।

२२ वर्षीय भिटिन्हाले पिएसजीसँग ५ वर्षको सम्झौता गरेका छन्। पोर्टोकै एकेडेमीका उत्पादन उनले क्लबका लागि ५९ खेल खेल्दै ४ गोल गरेका छन्। उनले सन् २०२०/२१ को सिजन लोनमा इंग्लिस क्लब वुल्भ्सबाट खेलेका थिए।

प्रकाशित मिति: २१:०३ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्