Kathmandu Press

काठमाडाैंमा हैजाका बिरामीकाे संख्या १७ पुग्याे

काठमाडाैं, असार १७ : काठमाडौं उपत्यकामा हैजा राेगकाे बिरामीको संख्या १७ जना पुगेको छ। शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै हैजाका...
काठमाडाैंमा हैजाका बिरामीकाे संख्या १७ पुग्याे

काठमाडाैं, असार १७ : काठमाडौं उपत्यकामा हैजा राेगकाे बिरामीको संख्या १७ जना पुगेको छ। शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै हैजाका बिरामीको संख्या १७ पुगेको हो।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ।

बिरामीमा हैजा राेगकाे स्रोत पानी देखिएको डा. दासले इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मन लाल दासले बताए।

स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। जसअनुसार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोला जिवाणु भेटिएको छ।

परीक्षण गरिएकाे सबैतिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर पानी पिउन महाशाखाले अनुराेध गरेकाे छ।

प्रकाशित मिति: २०:२९ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्