Kathmandu Press

एमालेको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं, असार १७ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । प्रमुख प्रतिपक्षी दल एमालले आइतबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको...
एमालेको सचिवालय बैठक आइतबार बस्ने

काठमाडौं, असार १७ : नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । प्रमुख प्रतिपक्षी दल एमालले आइतबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएको हो । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ।

आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे बैठकमा छलफल हुने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

३० जेठपछि एमालेले पहिलाेपटक सचिवालय बैठक बोलाएको हो । त्यसयता एमालेको स्थायी कमिटी, पोलिट्ब्यूरो र केन्द्रीय कमिटी बैठक पनि बसेको छैन।

प्रकाशित मिति: १९:५६ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्