रास्ट्रपति रनिङ प्रतियोगितामा बेथानचोक तृतीय
कठमाडाैं, असार १७ : जिल्लास्तरीय रास्ट्रपति रनिङ प्रतियोगितामा बेथानचोक गाउँपालिका तृतीय भएको छ। हालै सम्पन्न १३ पालिका बीच भएको प्रतियोगितामा तृतीय स्थान हासिल...
कठमाडाैं, असार १७ : जिल्लास्तरीय रास्ट्रपति रनिङ प्रतियोगितामा बेथानचोक गाउँपालिका तृतीय भएको छ। हालै सम्पन्न १३ पालिका बीच भएको प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल भएको हो। तेक्वान्दो र कराते प्रतियोगितामा १२ जनाले सहभागिता जनाएका थिए। करातेमा ४ सहभागी रहेका थिए । जसमा ३ जना प्रथम भएका थिए भने एक जना तृतीय भएका थिए । करातेमा जिल्ला कै बेथानचोक प्रथम भएको थियो।

त्यस्तै तेक्वान्दो बिधामा बेथानचोक गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ । प्रतियोगितामा ८ सहभागी रहेका थिए। २ जना दोस्रो, ३ जना तेस्रो र ३ जनाले सहभागिता जनाएका थिए। रास्ट्रपति रनिङ प्रतियोगितामा सहभागिता जनाएर उत्कृष्ट प्रदर्शन गरेको भन्दै बेथानचोक गाउँपालिकाले सम्मान गरेको थियो। शुक्रबार गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, पालिका प्रवक्ता मधुसुधन तिमल्सिना, वडा न ३ का अध्यक्ष कुबेर ढकाल, खेलकुद शाखाका सिताराम तिमल्सिना लगाएतको उपस्थिति रहेको थियो। पालिका अध्यक्ष अधिकारीले बेथानचोकलाई क्षेत्रलाई खेल मार्फत चिनाउन खेलाडीको महत्त्वपूर्ण भुमिका हुने जानकारी दिनुहुँदै खेल क्षेत्रको बिकासका लागि गाउँपालिकाले बिशेष भुमिका खेल्ने जानकारी दिए।











