काठमाडौं महानगरपालिकाको आर्थिक विधेयक सर्वसम्मतले पारित
काठमाडौं, असार १७ : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को आर्थिक विधेयक पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा...
काठमाडौं, असार १७ : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० को आर्थिक विधेयक पारित गरेको छ । महानगरको शुक्रबार बसेको नगरसभाको बैठकले सर्वसम्मत रुपमा विधेयक पारित गरेको हो।
नगरसभामा छलफलमा उठेका प्रस्तावहरु संशोधन सहित समावेश गर्ने महानगरका मेयर बालेन्द्र साह (बालेन)ले प्रतिबद्धता व्यक्त गरेपछि आर्थिक विधेयक पारित भएको हो।
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँको बजेट ल्याएको थियो।
प्रकाशित मिति: १७:५४ बजे, शुक्रबार, असार १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











