Kathmandu Press

जनक शिक्षाका प्रबन्ध निर्देशक झामाथि दुर्व्यवहार

काठमाडौं, असार १७ : नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना हुन लाग्दा पनि विद्यार्थीलाई समयमै पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री...
जनक शिक्षाका प्रबन्ध निर्देशक झामाथि दुर्व्यवहार

काठमाडौं, असार १७ : नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना हुन लाग्दा पनि विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसकेको भन्दै जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झामाथि दुर्व्यवहार भएको छ।

विप्लव नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मा आबद्ध विद्यार्थीहरूले शुक्रबार भक्तपुरस्थित कार्यकक्षमा नै पुगेर झालाई कालोमोसो दलिदिएका हुन्।

पाठ्यपुस्तकको कृत्रिम अभाव सिर्जना गराएको, कागज खरिदमा अनियमितता गरेको, केन्द्रमा भ्रष्टाचार गरेकोलगायत आरोप लगाउँदै उनीहरुले कालोमोसो दलिदिएका हुन्।

उनले शिक्षामन्त्री र संसदको शिक्षा तथा स्वास्थ्य समितिको निर्देशनलाई समेत बेवास्ता गरेको आरोप  विद्यार्थीहरूले लगाएका छन्।

जनक शिक्षाले भने युक्रेन–रसिया युद्ध र स्थानीय निर्वाचनको मतपत्र छपाइका कारण पुस्तक समयमा दिन नसकेको बताउँदै आएको छ। 

प्रकाशित मिति: १७:३१ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्