प्रदेशमा सरकार परिवर्तनले गठबन्धनलाई कुनै असर गर्दैन : बानियाँ
काठमाडाैं, असार १७ : वाग्गमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका...
काठमाडाैं, असार १७ : वाग्मती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन्।
वाग्मती प्रदेशको सरकार परिवर्तनको चर्चा भइरहेका बेला बानियँले त्यस्तो बताएका हुन्। ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ कांग्रेस वाग्ममती प्रदेशका सभापतिसमेत रहेका बानियाँले भने।
६ महिना पदमा रहने सहमति गरे पनि मुख्यमन्त्री राजेन्द्र पाण्डेल सरकार छाड्ने संकेत नदेखाएपछि उनलाई दबाब दिन नेपाली कांग्ेस र माओवादी केन्द्रका सांसदहरूले बिहीबार हस्ताक्षर संकलन थालेका छन्।
सत्ता गठबन्धनकै एउटा घटक नेकपा एकीकृत समाजवादीबाट गत कात्तिक ११ गते पाण्डे मुख्यमन्त्री बनेका हुन्। उनी सत्तामा जानुअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच भएको लिखित सहमति केही समयअघि सार्वजनिक भएको थियो।
उक्त सहमतिमा प्रदेशसभाका बाँकी कार्यकालमध्ये आधा अवधि पाण्डे र बाँकी आधा अवधिमा कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ मुख्यमन्त्री बन्ने भन्ने उल्लेख छ।
केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व कांग्रेसले गर्ने सहमति पत्र सार्वजनिक गरेका थिए। गठबन्धनबीच सहमति भए बागमती प्रदेशको मुख्यमन्त्री बानियाँ हुने निश्चित छ।











