Kathmandu Press

 निर्वाचन आयोगमा दर्ता भयो रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’  

दल दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी समेत परेको थियो । तर, शुक्रबार दिउँसो आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता गराएको लामिछानेले बताएका छन्। आयोगले सो दलको चुनाव चिह्न गोलाकारभित्रको घन्टी प्रदान गरेको छ। 
 निर्वाचन आयोगमा दर्ता भयो रवि लामिछानेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’  

काठमाडौं, असार १७ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । शुक्रबार निर्वाचन आयोगले लामिछाने नेतृत्वको पार्टीलाई दल दर्ताको प्रमाणपत्र दिएको हो। 

लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी नाम राजनीतिक दल घोषणा गरेलगत्तै स्वतन्त्र व्यक्ति र अन्य राजनीतिक दलका नेता कार्यकर्ताहरुले नामबारे विरोध जनाएका थिए। 

दल दर्ता नगर्न भन्दै निर्वाचन आयोगमा उजुरी समेत परेको थियो । तर, शुक्रबार दिउँसो आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीकै नाममा दर्ता गराएको लामिछानेले बताएका छन्। आयोगले सो दलको चुनाव चिह्न गोलाकारभित्रको घन्टी प्रदान गरेको छ। 

लामिछानेले आयोगमा दल औपचारिकरुपमा दर्ता भएसँगै अब जनताको बीचमा जाने बताए। आयोग परिसरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले  पार्टी निर्माणमा तीव्र गतिमा अगाडि बढ्ने बताए। 

लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीमा २१ जना केन्द्रीय सदस्य छन्। 

प्रकाशित मिति: १६:१६ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्