Kathmandu Press

आफ्नै स्कुल बसको ठक्करबाट मोरङमा दुई बालबालिकाको मृत्यु 

काठमाडौं, असार १७ : मोरङमा आफ्नै स्कुल बसको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । मोरङको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले सोही विद्यालयमा अध्ययन...
आफ्नै स्कुल बसको ठक्करबाट मोरङमा दुई बालबालिकाको मृत्यु 

काठमाडौं, असार १७ : मोरङमा आफ्नै स्कुल बसको ठक्करबाट दुई बालबालिकाको मृत्यु भएको छ । मोरङको माउन्ट मकालु बोर्डिङ स्कुलको बसले सोही विद्यालयमा अध्ययन गर्ने दुई बालबालिकालाई ठक्कर दिएको हो। 

घर फर्किन विद्यालयबाट बाहिर निस्कने क्रममा  को १ क ११३० नम्बरको बस अनियन्त्रित भएर किच्दा रंगेली–७ का महादेव मण्डलका ४ वर्षिय छोरा हृतिक मण्डल र रंगेली–६ चोप्राहाका स्थानीय नरेश मण्डलकी ५ वर्षीया छोरी सोनमकुमारी मण्डलको मृत्यु भएको हो।
 
हृतिकको घटनास्थलमै मृत्यु भएको थियो भने सोनमकुमारीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

यसैबीच विद्यालयको लापरवाहीका कारण विद्यार्थीको मृत्यु भएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिनभरजसो प्रदर्शन गरेका थिए।

आक्रोशित स्थानीयले स्कुलविरुद्ध नाराबाजी गर्दै उचित क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गर्दै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए। आक्रोशित स्थानीयले स्कुलको दुई वटा गाडीमा तोडफोड समेत गरेका थिए।
 

प्रकाशित मिति: १५:४९ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्