Kathmandu Press

कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लानुपर्नेमा राष्ट्रपतिकाे जोड

काठमाडाैं, असार १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउदै लैजानुपर्नेमा जोड दिएकी छन्।नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा शुक्रबार...
कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै लानुपर्नेमा राष्ट्रपतिकाे जोड

काठमाडाैं, असार १७ : राष्ट्रपति विद्यादेवी भण्डारीले कानुनी शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउदै लैजानुपर्नेमा जोड दिएकी छन्।

नेपाल ल क्याम्पसको स्थापना दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले कानुनी शिक्षा नै कानुनी शासन स्थापनाको मुख्य आधार भएको भन्दै गुणस्तरीय र प्रतिस्पर्धी बनाउदै लैजानुपर्नेमा जोड दिएकी हुन्।

उनले व्यहारिक जिवनमा कानूनले सामान्य मागदर्शन गर्न सक्ने भए पनि सार्वजनिक, सामाजिक र राजनीतिक व्यहारको उचाई नैतिकताले मात्र कायम राख्न सक्ने जिकिर गरिन्। विश्वविद्यालयका प्राध्यापकहरुले मुलुकमा भइरहेको संवैधानिक एवं कानुनी अभ्यासका क्रममा देखिने बिचलनहरुका बारेमा समेत प्राज्ञिक बिमर्शमार्फत कानुन तर्जुमा, न्याय निरुपण र कार्यान्वयनसँग सम्बन्धीत निकायहरुलाई निगरानीका साथै पृष्ठपोषण समेत गर्नुपर्नेमा उनले जोड दिइन्।

त्यस्तै सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायालयमा धेरै सुधारका कुरा आइरहेको भन्दै यसलाई सुधारको क्रममा अघि बढिरहेको जानकारी दिनुभयो। सर्वोच्चका न्यायधिश हरिकृष्ण कार्कीको प्रतिवेदनलाई पनि कार्यान्वयन गर्दै अघि बढिरहेको उनको भनाइ छ। न्यायपालिकामा पहिले पनि समस्या रहेको र अहिले पनि समस्या रहेको भन्दै उनले न्यायपालीकाले कामै गर्न सक्दैन भन्ने कुरा असत्य रहेको उनले बताए।

त्यस्तै संविधानसभा अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवास नेम्वाङले जनताले जनताका लागि पहिलो पटक संविधान बनाएको भन्दै पहिलाजस्तो ५, ७ वा १० वर्षमा परिवर्तन आउँछ भन्ने छ्यास्स छुस्स हल्ला अव नेपालमा काम नलाग्ने उल्लेख गरे।

समारोहमा राष्ट्रपति भण्डारीले ‘नेपाल ल क्याम्पस स्वर्ण सम्मान’ संविधानसभाका अध्यक्ष नेम्वाङ र डा. सूर्य सुवेदीलाई प्रदान गरे। 

प्रकाशित मिति: १५:१२ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्