Kathmandu Press

पहल गरेर प्रकाशको शालिक बनाइएको होइन : प्रचण्ड 

काठमाडौं, असार १७ : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश दाहालको शालिक बनाउन कुनै पहल नगरिएको प्रष्ट पारेका छन्। नुवाकोटको ककनीमा प्रकाश दाहालको...
पहल गरेर प्रकाशको शालिक बनाइएको होइन : प्रचण्ड 

काठमाडौं, असार १७ : नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश दाहालको शालिक बनाउन कुनै पहल नगरिएको प्रष्ट पारेका छन्। 

नुवाकोटको ककनीमा प्रकाश दाहालको शालिक अनावरण कार्यक्रममा बोल्दै प्रचण्डले त्यस्तो बताएका हुन्। 

उनले शालिक निर्माण गर्दा विरोध हुने हो कि भन्ने पनि आफूलाई लागेको बताए । तर, कुनै परिवारलाई सम्बोधन गर्न नभई पर्वतारोहीलाई सम्बोधन गर्नका लागि  शालिक निर्माण गरिएको भन्ने बुझिएपछि आफू कन्भिन्स भएको उनले बताए। 

उनले यसमा आफ्नो कुनै पहल र अनुरोध नरहेको दोहोर्याउँदै पर्वतारोहण संघले आवश्यकता महशुस गरेर अगाडि बढाएको बताए।
 
 

प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्