Kathmandu Press

नुवाकोटको ककनीमा प्रकाश दाहालको शालिक अनावरण 

नुवाकोटको ककनीमा प्रकाश दाहालको शालिक अनावरण 

काठमाडौं, असार १७ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको शालिक अनावरण गरिएको छ। नेपाल पर्वतारोहण संघले निर्माण गरेको शालिक शुक्रबार बिहान अनावरण गरिएको हो। 

शालिक अनावरणका लागि प्रचण्ड शुक्रबार नुवाकोट पुगेका थिए । प्रकाश दाहालको स्मृतिदिवसका अवसर पारेर शालिक अनावरण गरिएको हो । शालिक राखिएको स्तम्भमा प्रकाश दाहालको जीवनीसमेत अंकित छ ।

दाहालले सगरमाथाको सफल आरोहण समेत गरेका थिए । २०६६ सालमा सुरु भएको लुम्बिनी–सगरमाथा शान्ति अभियान अन्तर्गत २०६९ साल जेठ १३ गते कृष्ण केसी नेतृत्वमा प्रकाश दाहाल, विना मगर, सरल सहयात्री, युवराज दुलाल (शरद), शिव डाँगी, मदन चुडाल र महेश्वर फुयालले सगरमाथाको सफल आरोहण गरेका थिए।

२०७४ साल मंसिर ३ गते उनको निधन भएको थियो ।


 

प्रकाशित मिति: १३:३९ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्