Kathmandu Press

राष्ट्रपति भण्डारीद्वारा सुन्धारा पुगेर जगन्नाथ रथयात्राको अवलोकन

काठमाडाैं, असार १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेका छन्।नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (स्कोन नेपाल) ले आयोजना गरेको...
राष्ट्रपति भण्डारीद्वारा सुन्धारा पुगेर जगन्नाथ रथयात्राको अवलोकन

काठमाडाैं, असार १६ : राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंको सुन्धारामा पुगेर जगन्नाथ रथयात्राको अवलोकन गरेका छन्।

नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (स्कोन नेपाल) ले आयोजना गरेको सो रथयात्रामा सरिक हुँदै राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन्।

स्कोनको तर्फबाट नेपालका लागि प्रतिनिधि पत्रिदासले विश्वमा शान्ति कायम गर्न यात्राको आयोजना गरिएको बताइन्।

सामान्य कार्यक्रम गरेर विगतका वर्षहरूमा पनि गर्ने गरिए पनि राष्ट्रप्रमुखको सहभागितामा भने पहिलोपटक रथयात्रा गरिएको आयोजकले जनाएको छ।

सुन्धाराबाट सुरु भएको रथयात्राले सहरका विभिन्न स्थानको परिक्रमा गरेको थियो।

प्रकाशित मिति: १३:२१ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्