Kathmandu Press

राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मतिले पारित

राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मतिले पारित

काठमाडौं, असार १७ : राष्ट्रिय सभाबाट रेल्वे विधेयक भएको छ। आज (शुक्रबार) बसेको राष्ट्रिय सभा बैठकले यो विधेयकमाथि दफावार छलफल गरेर सर्वसम्मत रूपमा पारित गरेको हो।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेकी थिइन्। नौजना सांसदले छलफलमा भाग लिएका थिए। सांसदहरूले रेल चलाउने व्यक्ति २५ वर्षदेखि देखि ५० वर्ष उमेरका मात्रै हुनुपर्ने, रेलवे बोर्डमा विज्ञको सहभागिता हुनुपर्ने, रोग लागेकालाई रेलमा नचढाउने जस्ता त्रुटिपूर्ण प्रावधान सच्याउनुपर्ने, अपांगता भएकालाई रेलको भाडादरमा पुरै छुट वा सहुलियत दिइनुपर्नेलगायत माग गरे।

मन्त्री यादवले प्राप्त संशोधनहरुलाई स्वीकार गरेको पनि घोषणा गरिन्। मन्त्री यादवले अपाङ्गता भएकाहरुलाई रेलको भाडादरमा समेत छुट दिने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेपछि रेलवे विधेयक सर्वसम्मत रुपमा पारित भएको हो।

अब यो विधेयक प्रतिनिधिसभामा पारित गई सभामुख हुँदै राष्ट्रपतिकहाँ पठाइन्छ। राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले ऐनको रुप लिन्छ।

प्रकाशित मिति: १३:०५ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्