Kathmandu Press

राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुईवटा विधेयक पारित

काठमाडौं, असार १७ : राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुईवटा विधेयक पारित भएको छ ।राष्ट्रिय सभाको आज (शुक्रबार) बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले...
राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुईवटा विधेयक पारित

काठमाडौं, असार १७ : राष्ट्रिय सभाबाट स्वास्थ्यसम्बन्धी दुईवटा विधेयक पारित भएको छ ।

राष्ट्रिय सभाको आज (शुक्रबार) बसेको बैठकले स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले प्रस्तुत गरेको ‘औषधि (तेस्रो संशोधन) विधेयक र ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) विधेयक २०७९ सर्वसम्मतिले पारित गरेको हो।

कोरोना भाइरसको महामारीलाई ख्याल गरेर तत्कालीन सरकारले ल्याएको अध्यादेधलाई प्रतिस्थापन अहिलेको सरकारले यी विधेयक ल्याएको हो।

सदनमा सैद्धान्तिक छलफल गरेर दफावार छलफलका लागि विषयगत समितिमा पठाउने अभ्यास भए पनि यी विधेयकलाई भने राष्ट्रिय सभाले सभामै दफावार छलफल गरेर पारित गरेको हो।

यी दुवै विधेयकलाई प्रतिनिधिसभामा पठाइन्छ। प्रतिनिधि सभाले पनि पारित गरेपछि यी विधेयक सभामुख हुँदै राष्ट्रपतिकहाँ पुग्छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि दुवै विधेयक ऐनमा रुपान्तरित हुनेछन्।
 

प्रकाशित मिति: १२:४७ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्