Kathmandu Press

राजेश हमालले भेटे प्रचण्ड

काठमाडौं, असार १७ : महानायक राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्। राजेश हमाल अध्यक्ष प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटारस्थित...
राजेश हमालले भेटे प्रचण्ड

काठमाडौं, असार १७ : महानायक राजेश हमालले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन्। राजेश हमाल अध्यक्ष प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए।

संगीताकार चेतन सापकोटाको पहलमा हमाल र प्रचण्डबीच भेट भएको हो। भेटका क्रममा समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपायलगायतका विषयमा कुराकानी भएको भेटमा सहभागी संगीताकार सापकोटाले बताए ।

चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई पनि त्यही सन्दर्भसँग जोडेर हेरिएको छ।

 

प्रकाशित मिति: १०:३२ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्