Kathmandu Press

राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, असार १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक...
राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं, असार १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय समिति बैठक बोलाएको छ । 

साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै स्थगित गरेको थियो । 

बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल हुने बुझिएको छ ।
 

प्रकाशित मिति: ०८:३२ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्