Kathmandu Press

विपद्का घटनाको प्रतिकार्यका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, असार १७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा महामारीलगायत घटनाको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अस्पतालहरूलाई निर्देशन दिएको छ ।स्वास्थ्यकर्मीहरूलाई...
विपद्का घटनाको प्रतिकार्यका लागि तयार रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं, असार १७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद् तथा महामारीलगायत घटनाको प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन अस्पतालहरूलाई निर्देशन दिएको छ ।

स्वास्थ्यकर्मीहरूलाई तयारी अवस्थामा राख्न पनि मन्त्रालयले देशभरका सबै अस्पतालाई निर्देशन दिएको हो । मन्त्रालयले यसअघि नै मनसुन पूर्व–तयारी तथा प्रतिकार्य योजना तर्जुमा गरी सबैको जानकारी एवं आवश्यक कार्यका लागि  पठाइसकिएको पनि स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ । 

“सम्बन्धित विपद्का घटना, महामारीलगायत प्रतिकार्यका लागि तयारी एवं सतर्क रहन, स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा राख्न, आवश्यकतानुसार शैयाहरूको व्यवस्थापन गर्न, औषधि–उपकरणहरूको तयारी गर्न, अस्पतालहरूसँगको समन्वय गर्न एवं इमरजेन्सी मेडिकल डिप्लोमेन्ट टिम र र्‍यापिड रेस्पोन्स टिम तयारी अवस्थामा राख्न अनुरोध छ,” मन्त्रालयले सूचनामा उल्लेख छ ।  

मनसुन सक्रिय भए लगत्तै देश भरका विभिन्न स्थानमा लगातार पानी परिरहेको र बाढी, पहिरो एवं अन्य घटनाहरूको सूचना यस स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई र स्वास्थ्य आपतकालीन कार्यसंचालन केन्द्रलाई आइरहेको मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति: ०७:२४ बजे, शुक्रबार, असार १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्