Kathmandu Press

सर्वनाम शिक्षालयका होस्टल वार्डेन बस्नेत पुर्पक्षका लागि थुनामा

काठमाडाैं, असार १६ : काठमाडौं जिल्ला अदालतले सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। बाल यौन दुरुपयोगको...
सर्वनाम शिक्षालयका होस्टल वार्डेन बस्नेत पुर्पक्षका लागि थुनामा

काठमाडाैं, असार १६ : काठमाडौं जिल्ला अदालतले सर्वनाम शिक्षालयका शिक्षक तथा होस्टल वार्डेन रामजी बस्नेतलाई पुर्पक्षका लागि थुनामा पठाएको छ। बाल यौन दुरुपयोगको अभियोग लागेका बस्नेतलाई न्यायाधीश केदारनाथ पौडेलको एकल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

बस्नेतविरुद्ध सर्वनाम शिक्षालयमा पढ्ने र त्यहीँको होस्टलमा बस्ने ११ वर्ष, १२ वर्ष र १४ वर्षका गरी ३ जना किशोरीले बाल यौन दुरुपयोगको मुद्दामा जाहेरी दिएका थिए। उनीहरुले बस्नेतले माया गरेजस्तो गरी अंगालो हाल्ने, संवेदनशील अंगमा छुने, मोवाइलमा अश्लिल फिल्म राखिदिने, कसैलाई भनेमा बेइज्जत गरिदिने र स्कुलबाट निकाल्ने धम्की दिएको वयानमा बताएका थिए। तर बस्नेतले आफूमाथि लागेको आरोप अस्वीकार गरेका थिए।

तर अदालतले पीडितहरुले घटना विवरणमा उल्लेख गरेको व्यवहार आफ्नो शिक्षकले गरेका हुन् भनी सामान्य समझबाट पनि कल्पना गर्न नसकिने प्रकृतिको भएको उल्लेख गरेको छ। ‘संरक्षक र अभिभावकको रुपमा रहेका शिक्षकबाट यस्तो व्यवहार अपेक्षित हुँदैन’ आदेशमा भनिएको छ।

बालयौन दुरुपयोग गर्नेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२५ (३) अनुसार ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ।

प्रकाशित मिति: १९:२७ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्