Kathmandu Press

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, असार १६ : सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।आज एक बिज्ञप्ति जारी गर्दै आगामी असार २७ गते सोमबारका दिन...
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं, असार १६ : सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

आज एक बिज्ञप्ति जारी गर्दै आगामी असार २७ गते सोमबारका दिन दिउँसो १ बजे पार्टी  केन्द्रीय कार्यसमिति बैठक बोलाएको  हो । बैठकमा स्थानीय तह निर्वाचन-२०७९ को समीक्षा लगायतमा छलफल हुने कांग्रेसले जनाएको छ ।

बैैठक केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध पनि गरिएको छ । 

प्रकाशित मिति: १८:५६ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्