अमेरिका जाँदै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौं, असार १६ : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने भएका छन् ।महामन्त्री शर्मा गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा अमेरिका...
काठमाडौं, असार १६ : सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा अमेरिका जाने भएका छन् ।
महामन्त्री शर्मा गैरआवासीय नेपाली महासंघ (एनआरएनए) अमेरिकाको निमन्त्रणमा अमेरिका जान लागेका हुन् । उनी शुक्रबार राति अमेरिकातर्फ प्रस्थान गर्ने तय भएको हो ।
उनले आफू एनआरएनएको ‘जेनेरल कन्भेन्सनका’ लागि भोलि (शुक्रबार) अमेरिका जान लागेको जानकारी दिए । उनी ६ दिनका लागि अमेरिका जान लागेका हुन् ।
प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











