Kathmandu Press

राष्ट्रपतिसमक्ष नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहोदाको प्रमाणपत्र, प्रधानमन्त्रीलाई पनि भेटे

काठमाडौं, असार १६ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।राष्‍ट्रपति भवनमा आयोजित...
राष्ट्रपतिसमक्ष नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले बुझाए ओहोदाको प्रमाणपत्र, प्रधानमन्त्रीलाई पनि भेटे

काठमाडौं, असार १६ : नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।

राष्‍ट्रपति भवनमा आयोजित विशेष समारोहमा उनले आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। उक्त अवसरमा परराष्‍ट्र मन्त्री डा. नारायण खड्कालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

ओहोदाको प्रमाणपत्र पेस गरेपछि राजदूत श्रीवास्तवले आजै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गरे।

भेटमा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश सुनाएका थिए।

राजदूत श्रीवास्तवले हालै भएको प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण र  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको बताए।

नेपालका लागि भारतका २६औं राजदूत रहेका उनी पूर्वराजदूत विनय मोहन क्वात्रा विदेश सचिवको कार्यभार सम्हाल्न २०२२ अप्रिलमा दिल्ली गएपछि नियुक्त भएका हुन्।

प्रकाशित मिति: १८:०७ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्