गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या : स्वास्थ्यमन्त्री खापुङ
काठमाडाैं, असार १६ : स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका छन्।नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औं स्थापना...
काठमाडाैं, असार १६ : स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङले गाउँ क्षेत्रमा डाक्टर र नर्स पठाउन समस्या भएको बताएका छन्।
नेपाल स्वास्थ्य प्राविधिक संघको ४४औं स्थापना दिवसका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री खापुङले विभिन्न जिल्लाबाट डाक्टर र नर्स पठाउनुपर्ने भन्दै गुनासो आएको तर कोही जान तयार नरहेको बताएका हुन्।
डाक्टर र नर्स जान नमानेका कारण नै केहि जिल्लामा चिकित्सको अभाव भएको उनको भनाइ छ। उनले सरकारले पठाएको जुनसुकै स्थानमा पनि जानका लागि चिकित्सकहरुले मानसिकता बनाउनुपर्ने धारणा राखे।
मन्त्र खापुङले समायोजनाका विषयमा पनि कर्मचारीहरुबाट अनेक समस्या आएको उल्लेख गरे। कार्यक्रममा संघले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको थियो।
प्रकाशित मिति: १७:२१ बजे, बिहीबार, असार १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











