Kathmandu Press

जसपाले बाेलायाे केन्द्रीय समिति बैठक

काठमाडौं, असार १६ : जनता समाजवादी पार्टी (जसपा) यही असार २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाइएको छ।बैठक वीरगन्जमा बस्ने जसपा...
जसपाले बाेलायाे केन्द्रीय समिति बैठक

काठमाडौं, असार १६ : विभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी (जसपा) ले यही असार २७ र २८ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

बैठक वीरगन्जमा बस्ने जसपा केन्द्रीय कार्यालयले जानकारी दिएको हो। जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच समझदारीमै पार्टीबाट अलग हुने भएपछि सो बैठक बोलाइएको हो। 

बैठक दुई दिन चल्ने र बैठकको मूल एजेन्डा पार्टी विभाजन नै हुने बताइएको छ। त्यसबाहेक स्थानीय तह निर्वाचनको समीक्षा, सत्तारूढ गठबन्धन, सरकारमा दलको कार्यसम्पादन र प्रदेश–प्रतिनिधिसभाको आउँदो निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ।

बैठकमा डा. भट्टराइ पक्ष उपस्थित ने कि नहुने भनेर केही खुलाइएको छैन। निकट भविष्यमै नयाँ दल दर्ता गर्नेगरी डा. भट्टराई जुटिरहेको स्रोतको भनाइ छ।

यसो हुँदा कोको केन्द्रीय सदस्य तथा सांसद कतातिर लाग्लान् भनेर राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन्।

प्रकाशित मिति: १७:१२ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्