Kathmandu Press

सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडाैं, असार १६ : सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो।आज बसेको कार्यव्यवस्था...
सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडाैं, असार १६ : सुदूरपश्चिम प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगन भएको छ। आज ३ बजे बस्ने भनिएको बैठक स्थगन भएको हो।

आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सत्तापक्ष र प्रतिपक्षले यथास्थितिमै बजेट अधिवेशन सञ्चालन गर्न नसक्ने ठहर गरेसँगै अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगन गरिएको जनाइएको छ।

प्रदेश सरकारले आगमी आर्थिक वर्ष २०८९/८० का लागि ल्याएको बजेटमाथि सत्तापक्ष र प्रतिपक्षको असन्तुष्टिबीच विवाद बढ्दा बैठक अनिश्चित बन्दै गएको हो।

प्रकाशित मिति: १६:५७ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्