यस्ता छन् वाइनकाे प्रयाेगले महिला स्वास्थ्यमा पुग्ने फाइदा
स्वादिलो परिकारसँग वाइनको चुस्की लिनुको मज्जा नै बेग्लै।
दिनभरिको थकानपछि पिउनुको आनन्दको त के कुरा गर्नु? वाइन पिउने कुनै न कुनै बहाना निस्किहाल्छ।
स्वादिलो परिकारसँग वाइनको चुस्की लिनुको मज्जा नै बेग्लै।
दिनभरिको थकानपछि पिउनुको आनन्दको त के कुरा गर्नु? वाइन पिउने कुनै न कुनै बहाना निस्किहाल्छ।
वाइनको लत पनि बस्छ। तर नाम सुन्नासाथ अनुहारमा मुस्कान छाउँछ। मनलाई आराम दिन्छ। ठिक्क मात्रामा पिए मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नुका साथै शारीरिक स्वास्थ्यलाई पनि फाइदा पुग्छ।
पछिल्ला अध्ययनहरूले वाइनको फाइदालाई निरन्तर पुष्टि गरिरहँदा महिलाका लागि झनै फाइदाजनक देखिन्छ। क्यान्सरका कोषिकालाई आक्रमण गर्नेदेखि लिएर मृत्युदर घटाउनेसम्म, दिनको अन्त्यमा एक गिलास वाइनले स्वास्थ्यलाई फाइदा पुर्याउने देखिन्छ।
वाइनले महिलालाई हुने फाइदाहरू
तनावपूर्ण दिनबाट राहत दिनेबाहेक तपाईंको वाइनले तल उल्लेख गरिएका फाइदा पनि पुर्याउँछ।
ओस्टियोपोरोसिसबाट छुट्कारा
हड्डी कमजोर भएपछि मक्किन र भाँच्चिन थाल्नछन्। जोडले लड्दा वा सामान्य ठोकिनाले पनि यस्तो हुनसक्छ। ओस्टियोपोरोसिसले हड्डीको घनत्व घटाउँछ र असामान्य “टिस्यु” संरचना हुन्छ। प्राय: ५० वर्ष वा माथि उमेरका महिला वा पुरूषलाई यस्तो समस्या हुने गर्छ।
वाइन स्पेक्टेटरले जनाए अनुसार सन् २०१२ मा ओरिगन स्टेट युनिभर्सिटीले गरेको एउटा अध्ययनमा एउटा ठूलो गिलासबाट दूध पिउनुभन्दा मोहासेंजस्तो एक गिलास वाइन पिउनु राम्रो हुने उल्लेख गरिएको छ। वाइनमा भएको अल्कोहलले हड्डी कमजोर हुने जोखिम कम हुन्छ। विशेषगरी महिनावारी बन्द भएका महिलालाई यसले झन् फाइदा गर्छ।
बाथको जोखिम कम गर्छ
जोर्नीमा जलन भए बाथ हुन्छ। धेरै महिला यो रोगबाट पीडित छन्। दुखेको ठाउँमा सुन्निन नदिन धेरै औषधि प्रयोग गर्नुपर्छ। तर लामो अवधिसम्म वाइन पिउनाले बाथको जोखिम घट्ने विभिन्न अध्ययनहरूले देखाएका छन्। मदिरा सेवन गर्दा शरीरले जलन अनुभव हुन नदिने रसायन उत्पादन गर्दछ।
पोलिसिस्टिक ओभरी सिन्ड्रोम (पिसिओएस) जोखिम न्यूनीकरण
आजभोलि धेरै महिलालाई यो रोगले सताइरहेको छ। वयस्क अवस्थामा हर्मोनको गडबडीका कारण महिलालाई यो समस्या हुने गर्दछ। तीमध्ये केहीलाई पीडादायी वा लामो समयसम्म महिनावारी हुने गर्दछ। डिम्बको निष्काशनमा बाधा पुर्याडउने गरी डिम्बाशयले असामान्य रूपमा “फोलिकल” उत्पादन गर्ने भएकाले यस्तो हुन्छ। लक्षणहरू पनि भिन्न भिन्न हुन्छन्।
सामान्यतया पिसिओएस भएमा गर्भनिरोधक चक्की वा अन्य औषधि लिन सल्लाह दिइन्छ तर वाइन पिउनाले पनि यस्तो समस्या हुने जोखिम घटाउँछ। यसमा अंगुरको बोक्रामा पाइनेरेस्भिराट्रोलको ठूलो भूमिका हुन्छ। वाइन बनाउने प्रक्रियामा रेस्भिराट्रोल धेरै उत्पादन हुन्छ। त्यसैले वाइनले स्वास्थ्यमा फाइदा पुर्यााउँछ।
मुटुरोगको जोखिम न्यूनीकरण
मुटुका मांशपेसीले अपेक्षाकृत रगत पम्प नगरे हृदयाघात हुन्। रक्त धमनीहरू साँघुरो हुनु र उच्च रक्तचापलगायत धेरै कारणहरूले यस्तो हुनसक्छ। उपयुक्त औषधि उपचार नगरे हृदयाघात भएको मानिसको मृत्यु पनि हुनसक्छ।
यसलाई रोक्ने धेरै उपायहरू छन्। दैनिक एक गिलास वाइन पिउनु एउटा उपाय हो। वाइनले हृदयाघातको जोखिम घटाउँछ भनेर दाबी गर्ने धेरै अनुसन्धान भएका छन्। वाइनमा हुने रेस्भिराट्रोलले मुटुको स्वास्थ्यमा सुधार ल्याउँछ। वाइन पिउनाले शरीरलाई आराम पुग्छ र रक्तचाप पनि सन्तुलित हुन्छ।
वाइनका सम्भावित जोखिमहरू
वाइनको फाइदा धेरै भए पनि अत्यधिक सेवनले शरीरलाई हानी पुर्याेउन सक्छ।
वाइन र अन्य मदिराजन्य पेय पदार्थको अत्यधिक सेवनले स्तन क्यान्सरको जोखिम पनि बढाउनसक्छ। ड्रिङ्कअवेर डट कमले जनाए अनुसार सन् २०१४ मा गरिएको एउटा अध्ययनमा अत्यधिक मदिरा सेवनका कारण भएका २१.६ प्रतिशतको कारण क्यान्सर भएको निष्कर्ष निकालिएको छ।
त्यसैले, मदिरा नियन्त्रित रूपमा सेवन गर्नुपर्छ। त्यसो गरे मात्रै माथि उल्लेख गरिएका स्वास्थ्यसम्बन्धी लाभ लिनसक्छ।