Kathmandu Press

थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १६ : नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा ३६...
थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, असार १६ : नेपालमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको १ हजार ५ सय ३२ पिसिआर परीक्षणका क्रममा ३६ जना र १ हजार १ सय ६६ एन्टिजेन परिक्षणका क्रममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै थप १७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ४ सय ६२ जना निको भएका छन्।

हाल नेपालमा २ सय ८० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: १६:४३ बजे, बिहीबार, असार १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्